नयाँलिपिः जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणको प्रक्रिया नै गलत रहेको धारणा राखेका छन् ।
पोखरामा जारी लिटरेचर फेस्टिभलको तेस्रो दिन आयोजित ‘संविधान संशोधनको औचित्य’ सत्रमा बोल्दै अध्यक्ष यादवले संविधानसभाको मन्चलाई प्रयोग गरेर संविधानको घोषणामात्र गरेको भन्दै उनले संविधानमा चार, पाँचजनाको स्वार्थ समेटिएको बताए ।
‘चारपाँच जना लेखनदासहरु बसे संविधान सभामा आफनो स्वार्थको विषय राखे । अनि संविधान सभाबाट घोषण गरें’ यादवको धारणा छ ‘संविधानको मस्यौदालाई संविधान सभामा छलफल गरिएन । संविधान निर्माणको प्रक्रिया र घोषणा विधि नै गलत थियो ।
संविधान जारी भएको दिनमा मधेशी मात्र होइन पहाडका सीमान्तकृत समुदायले कालो दिवस मनाएको उनले भनाइ राखे । संविधानमा खसआर्यको मात्र परिभाषा राखेर नश्लीयभेदभाव गरेको उनको भनाइ थियो । यो संविधानलाई सच्याउनु आवश्यक रहेको उनको भनाइ थियो ।
‘यो संविधानले नेपाललाई संघीयत गणतन्त्र नेपाललाई न संस्थागत गर्न गर्छ न स्वतन्त्र न्यायपालिका दिन सक्छ न आम जनताले चुनाव लड्न सक्ने वातावरण रहन सक्छ । राजनीतिक स्थिरता र समृद्धी र सुशासन त सम्भव नै छैन । त्यसकारण यो संविधानलाई संशोधन गर्नुस्होस्,पूर्नलेखन गर्नुहोस्, परिमार्जन गर्नुस् र सच्याउनुहोस्,’यादवको भनाइ थियो ।
संविधान जारी भएपछि यादवहरु यसको विपक्षमा उभिएका थिए । संविधान संशोधनको बहस उठेपछि मधेश केन्द्रित विषय समेटिने आशापनि गरेका छन् । यस्तै भूगोल नभई जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र तय गर्नुपर्ने र नागरिकता सँग जोडिएको विभेदपूर्ण व्यवस्थाका विषयमा समस्या गरिनुपर्ने आवाज उठिरहेको छ ।