इंग्लिस प्रिमियर लिग : लिभरपुलको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको हो।

सिटीको होम ग्राउन्डमा भएको खेलमा मोहम्मद सालाह र डोमिनिक जोबास्लाइले एक–एक गोल गरे । सालाहले १४ मिनेटमा र जोबोस्लाईले ३७ मिनेटमा गोल गरेका हुन।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ। लिभरपुलले २७ खेलबाट ६४ अंक जोडेको छ।

पराजित भएको सिटी ४४ अंकसहित चौथो स्थानमा छ। उसले एक खेल कम खेलेको छ।

Scroll to Top