नयाँलिपिः प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको नवलपुरमा भएको दोस्रो अधिवेशनबाट तीनवर्षे कार्यकालका लागि अध्यक्षमा पुन: इन्द्रप्रसाद पौडेल सर्वसम्मत चयन भएका छन् ।
समितिको उपाध्यक्षमा इतराज गुरुङ र रञ्जिता शर्मा, महासचिवमा आश गुरुङ, कोषाध्यक्षमा मदन तिमल्सिना, सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र दिलबहादुर बिक चयन भए ।
यसैगरी सदस्यमा रोशन लामिछाने, राजन पौडेल, डा. नरनाथ पाण्डे, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा (सुशान्त), विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा, नीरज थकाली रहेका छन् ।
यसअगाडि अधिवेशनको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल आबद्ध पत्रकारहरू व्यावसायिक हुनु पर्ने बताए। अध्यक्ष बस्नेतले सङ्गठनको निर्देशन पालना गर्नु हरेक सदस्यको दायित्व भएको उल्लेख गरे ।