अर्चना र अनिलको जोडी बन्यो राष्ट्रिय च्याम्पियन

नयाँलिपिः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कास्कीद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय दोहोरी गीत प्रतियोगितामा प्रतिष्ठानका अर्चना चापागाई र अनिल चापागाईको जोडी च्याम्पियन बनेको छ ।

च्याम्पियन बनेको कास्कीले ५० हजार नगद र उपविजेता बिसौनीले २५ हजार नगद सहितसहित प्रमाणपत्र प्राप्त गरेको निर्णायक संयोजक तारापति सुवेदीले जानकारी दिए । प्रतियोगितामा ससुराली रोधी घरका सुदीप सापकोटा र ललिता घर्तीमगर तृतीय भएका छन् ।

दोहोरी गीत प्रतिष्ठान नेपाल बागलुङका सुमन खड्का र जमुना सुनारको जोडीले सान्त्वना पुरस्कार जितेको छ ।

प्रतियोगितामा तृतीय हुने समूहले १५ हजार नगद र सान्त्वना हुने समूहले ८ हजार नगदसहित प्रमाणपत्र प्रदान हात पारे । प्रतियोगितामा प्रतिष्ठान नेपाल गोरखाका रोशन परियारले उत्कृष्ट गायकको उपाधि जितेका छन् ।

प्रतियोगितामा प्रतिष्ठान नेपाल पर्वतकी शोभा परियारले उत्कृष्ट गायिकाको उपाधि जितेको प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष तुलसी क्षत्रीले जानकारी दिइन् ।

प्रतियोगिताका उत्कृष्ट गायक गायिकाले जनही ५ हजार नगदसहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।

पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले आयोजना गरेको प्रतियोगितामा प्रतिष्ठान नेपालका जिल्ला कार्यसमिति, दोहोरी साँझ गरी १३ समूहले प्रतिस्पर्धा गरेका छन् ।

Exit mobile version