नयाँलिपिः नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्षमा दिलिप राना मगर सर्वसम्मत चयन भएका छन् ।
तनहुँको दमौलीमा सम्पन्न प्रदेश समितिको तेस्रो अधिवेशनले राना मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम बुढा मगर, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, बाह्र भाषिक उपाध्यक्षमा अर्जुन सोती मगर, अठार मगरात भाषिक उपाध्यक्षमा मोहन बुढा मगर, सचिवमा बिजय थापा मगर, सहसचिवमा समिक्षा थापा मगर र कोषाध्यक्षमा कृष्ण अठारे मगर चयन भएका छन् ।
सदस्यहरुमा गीता बुढाथोकी मगर, बलबहादुर रोका मगर, चन्द्रबहादुर रोका मगर र साजन गर्जा मगर चयन भए । बाँकी सदस्य समितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दिलिप राना मगरले बताए ।