मार्चदेखि हिमालयनले जोड्नेछ पोखरा र ल्हासालाई

नयाँलिपिः हिमालयन एअरलाइन्सले आउने मार्च महिनादेखि पोखराबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडानकारुपमा ल्हासा उडान भर्ने भएको छ ।

एअरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ ।

उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान सुरु हुँदैछ। हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस्। अपडेटका लागि प्रतीक्षा गर्नुहोस् ।’

पोखरा भ्रमण वर्षको घोषणामा रहेकाबेला हिमालयनको उडानले थप टेवा दिने विश्वास गरिएको छ । विमानस्थल निर्माणपछि व्यावसायिक उडान सुरु हुने हिमालयनले निश्चित गते भने सार्वजनिक गरेको छैन ।

हिमालयनले लेखेको छ ‘उडानका लागि तयार रहनुहोस् ।’

Exit mobile version