आहा ! रारा गोल्डकप : २५० औं म्याच पुलिसको नाममा

पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहा ! रारा पोखरा फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा पुलिस क्लबले जित निकालेको छ । पुलिसले चर्च ब्वाइजलाई १–० गोल अन्तरले पराजित गर्दे फाइनलको यात्रातय गरेको हो ।

आजको जित संगै आहा रारा पोखरा गोल्डकपको २५० औं म्याच पुलिसको नाममा रह्यो ।
पुलिसको जितमा खेलको ५८ औं मिनेटमा संन्जिब लामाले लगभग ३५ यार्डबाट हाफ भलि प्रहार गरेको बल सिधै गोलपोष्टमा छिरेको थियो ।

पुलिसले हानेको थ्रोबललाई चर्चका राज भुसालले क्यिर गर्दा लामाको खुटमा बल पुगेको थियो । सोही बललाई उनले सिधै गोलपोष्टमा प्रहार गरेको हुन । आजको खेलमा उनै गोलकर्ता संन्जिब लामा म्यान अफ दि म्याच घोषित भए । लिग च्याम्पियन चर्च ब्वाइज आजको हार संगै प्रतियोगिताबाट नै बाहिरिएको छ ।

पुलिसको लागि पोखरा रंगशाला भाग्यशाली मैदान मानिन्छ । आहा रारा पोखरा गोल्डकपमा पुलिसले यो भन्दा पहिला ६ पटक उपाधी हात पारि सकेको छ ।
आजको खेलमा पुलिसका पेलेइन्ङ लिष्टमा २ जना मेजर खेलाडी सुजन मगर र आसिष राई थिएनन । उनीहरु उमेर समुहको कलोज क्यापमा छन । त्यस्को बावजुत पनि पुलिसले जित निकाल्न सफल भयो । चर्च ब्वाईजका फर्वाडलाई पुलिसको डिफेन्स लाईनअप पेनेट्रेट गर्न निकै गाह्रो पर्यो ।

खेल अवधिभर हावी भएको पुलिसले आज उत्कृष्ट खेल प्रर्दशन गर्यो । अन्ततःनतिजा आफ्नो पक्षमा राख्न सफल भयो । अब पुलिसले भोलि उज्वेकिस्तानको ब्ल्याक बुल्स र थ्रीस्टार बीच हुने खेलको विजेता संग शनिबार फाइनल खेल खेल्ने छ ।

Exit mobile version