होटलको कोठाभित्र लगेर पत्रकार सिंहमाथि चक्कु प्रहार

नयाँलिपिः नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहमाथि चक्कु प्रहार गरिएको छ।

अध्यक्ष सिंहमाथि गएराति कुटपिट तथा चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङकै २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाल रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, सिंहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको छ ।

पीडित पत्रकार सिंहका अनुसार यही माघ २८ गते सोमबार राति १० बजेको समयमा जयपृथ्वी नगरपालिका–१० स्थित सदरमुकाम चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठामा फर्कने क्रममा रहेका बेला आफूलाई मसस्टा गाउँपालिका–४ का विनोद कठायतलगायतका समुहले कुरा गर्नु छ भनी सोही होटेलको कोठामा बोलाएका थिए ।

भोलि कुरा गरौला भन्दा पनि जबर्जस्ती अपरहण शैलीमा कोठा लगेर चुकुल लगाइ आफूमाथि सो समुहले अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरेका पीडित पत्रकारको भनाइ छ ।

चक्कु प्रहारबाट चोट लागेपछि पत्रकार सिंहको निधारमा तीन टाका लगाइएको छ ।

महासंघले पत्रकारको सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

Scroll to Top