एफए कप:लिभरपुल बाहिरियो

santan ads

लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । दोस्रो श्रेणीको प्लाइमाउथसँग १–० को हार बेहोर्दै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको हो ।

आइतबार राति होम पार्कमा भएको खेलमा घरेलु टोली प्लाइमाउथको जितमा रायन हार्डीले निर्णायक गोल गरे । उनले खेलको ५३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । यस खेलमा लिभरपुलले मोहम्मद सालाह, कोडी गाक्पो र भर्जिल भान डाइकलगायत प्रमुख खेलाडीलाई खेलाएको थिएन ।

Scroll to Top