आहा राराः संकटामाथि सिक्किमे थन्डरबोल्टको प्रभावशाली जित

सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पोखरामा जारी २४ औं आहा–रारा गोल्डकपको पहिलो खेलमा संकटा क्लबमाथि प्रभावशाली जित निकालेको छ ।

थन्डरबोल्टले ३–१ को जित निकालेको हो । नेपाली लिग फुटबलको पुरानो र बलियो क्लब संकटा हारसँगै घर फर्किन बाध्य भएको छ ।

संकटाका लागि फ्र्यांकलिन क्वेटे टाला, करण राई र आदर्श तामाङले गोल गरे । सुरुवाति गोल भने खेलको १७ औं मिनेटमा संकटाका मनिष पौडेलले गरेका थिए ।

थन्डरबोल्टले अब क्वाटरफाइनलमा अर्को विदेशी टिम उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबको सामना गर्नेछ ।

Exit mobile version