आहा ! रारा पोखरा गोल्डकप : पाहुना टोलीको विजयी सुरुवात

santan ads

पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहा ! रारा पोखरा गोल्डकप शुक्रबार भएको खेलमा पाहुना टोली थन्डर बोल्ट नर्थ युनाईटेड भारत विजयी भएको छ । 

थन्डरबोल्टले संकटा फुटबल क्लबलाई ३–१ ले गोलले पराजित गर्दे अगामी यात्रा तय गरेको हो । 

खेलको १७ औं मिनेटमा संकटाका मनिष पौडेलले सुरुवाती गोल गरेका थिए । एग्रेसिभ खेल पस्केको संकटाले अग्रतालाई लामो समय टिकाउन सकेन । 

पाहुना टोलीका खेलाडीलाई संकटाका डिफेन्डरले डिबक्स भित्र फल गरे पछि खेलको ३५ औं मिनेटमा टालाले गोल गर्दे खेल बराबरी बनाएका थिए । 

खेलको ७७ औ मिनेटमा थन्डरको लागि किरण राईले दोस्रो गोल गरे । एन्ड्रिउले डिबक्स भित्रबाट दिएको बललाई राईले गोलमा परिणत गरेका थिए । 

संकटबाट छुटकारा पाउनको निम्ति एट्याकिङ खेलको पस्केको संकटाको लागि खेलको ८९ औं मिनेटमा आर्दश तमाङले मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले संकटाका गोलकिपर दिपकार्की अघि बढेको मौकाको फाइदा उठाउदै सिधै मध्यभागबाट प्रहार गरेको बल गोल भएको हो । 

आज भएको खेल पछि संकटा प्रतियोगिताबाटै बाहिरिएको  छ । पाहुना टोली थन्डर भने माघ २९ गते मंगलबार उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब संग भिड्ने छ । खेलको म्यान अफ दि म्याच थन्डरका टाला घोषित भए । 

फुटबल प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । फागुन ३ मा हुने फाइनल विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार प्राप्त गर्ने छ्न ।

खेल पछि थन्डर र संकटा को कोच यसो भन्छ्न ।

Scroll to Top