काठमाडौं । टिकटकर अंशु वर्मा र मिस पवीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै प्रधानमन्त्री ओलीले टिकटकरहरूलाई भेटेको र भेटमा सामाजिक सञ्जालको महत्त्व र यसको व्यवस्थित सञ्चालनबारे छलफल भएको जानकारी दिए ।
टिकटकरबाट कलाकारसमेत बनेका अंशु वर्मा र मिस पवीले टिकटकलाई अघिल्लो सरकारले जस्तो बन्द नगर्न र यसलाई व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिएका थिए ।
उनीहरूले टिकटक युवापुस्ताका लागि मनोरञ्जन र प्रतिभा प्रस्फुटनको माध्यम भएकाले यसलाई बन्द गर्नुको सट्टा नियमन गर्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीले उनीहरूको सुझावलाई सकारात्मक रूपमा लिएको बताएका छन् । अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिएको कुरा प्रधानमन्त्री ओलीले फेसबुक पोस्टमा लेखेका छन् ।