आहा ! रारा पोखरा गोल्डकपः उद्घाटन खेलमै आयोजक पराजित

santan ads

नयाँलिपिः ३ विदेशी खेलाडी समेटेर उद्घाटन खेलमा मैदान छिरेको आयोजक सहारा क्लबलाई नेपाल पुलिस क्लब (एनपीसी)ले पराजित गरेको छ ।

एनपीसीका उज्वल राइले खेलको ३६ औं मिनेटमा पाएको कर्नरलाई गोलमा परिणत गरेपछि त्यही गोल नै सहाराकालागि दूभाग्र्य बनेको छ ।

हारसँगै आयोजकको टोलीलाई यस संस्करणमा मैदानमा देख्न पाइने छैन ।

विजेता एनपीसीले अब माघ २६ मा ब्रिगेड ब्वाइज क्लब, यूकेसँग क्वाटरफाइनल खेल्ने छ ।

बुधबारको खेल विभागीय टोली एपीएफ र मछिन्द्र फुटबल क्लबबीच हुने छ ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Scroll to Top