टाइगर कप भलिबलः महिलातर्फ आयोजकले जित्यो उपाधि

santan ads

नयाँलिपिः एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुप अफ नेपालले जितेको छ ।

पोखरा रंशगालाको भलिबल कोर्टमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एपिएएप क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टाइगर ग्रुप अफ नेपालले उपाधि जितेको हो ।

पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलिएको थियो ।

पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सम्पन्न भएको भएको उक्त प्रतियोगिको विजेता आयोजकले ५ लाख ८५ हजार ५५५ र उपविजेता एपिएफ क्लबले २ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरे ।

Scroll to Top