नयाँलिपिः पोखराको मोबाइल टावरले आयोजना गरेको ‘मोबाइल टावर चाडपर्व अफर’को लक्की ड्र मार्फत भाग्यशाली विजेता भई चिट्ठा नम्बर ७८९० कि देवि अधिकारीले होन्डाको स्कुटर जितेकी छन् ।
टावरले केहि अघि खोलेको चिट्ठाको विजेतााई आज औपचारिक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरेको छ । जसअनुसार उमेश हिराचनले प्रथम पुरस्कार एचडी टेलिभिजन जितेका छन् ।
यसैगरी, बिरौटाका सुशिल बोहराले दोस्रो पुरस्कारस्वरुप एसी कुलर र सान्त्वनातर्फ निरु गुरुङले राइस कुकर जितेकी छिन् । तेस्रो पुरस्कार भने प्राविधिक कारणले रद्द गरिएको टावरले जनाएको छ ।
पुरस्कार वितरण गर्दै प्रमुख अतिथि नेपाल मोबाईल संघका केन्द्रिय उपाध्यक्ष एंव मोबाइल टावरका संचालक उदयबहादुर केसीले पुरस्कार विजेतालाई बधाई दिदै ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर मोबाइल टावरले व्यवसाय गरिरहेको बताए ।
मोबाइल मेलाका संयोजक बुद्धिबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा इलेक्ट्रोनिक्स ब्यवसायी संघ कास्कीका अध्यक्ष चिन्तामणि खरेललगायतको सहभागिता थियो भने कार्यक्रम संचालन सचिव विदुर सापकोटाले गरेका थिए ।