टाइगर कपः एपिएफ बाहिरियो, सुनिल र आर्मीको खेल रोकियो

नयाँलिपिः पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबलमा विभागीय टोली एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरा रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फको खेलमा टिपटफ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै एपिएफ प्रतियोगितबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिएको छ ।

हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट १३–२५ र चौथो सेट २३–२५ ले एपिएफलाई सुम्पिएको थियो । पहिलो र दोस्रो सेट गुमाएको एपिएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।

पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले जित निकाल्यो । ७–१२ को अवस्थालाई उल्टाउँदै १२–१३ को अवस्थामा पुर्‍याएपनि अन्तिम समयमा अंक जोगाउन नसक्दा एपिएफले हार बेहोरेको हो ।

हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ । उक्त खेलमा जित निकाल्ने टोलीले एलिमिनेटर खेल्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
यसअघि भएको खेलमा महिलातर्फ एपिएफ क्लबले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो ।

त्यस्तै, आजको अन्तिम खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबलक्लबबीच भएको प्रतियोगिता रोकिएको छ । सुनिलले २ र आर्मीले १ सेट जितेपछि मधुरो प्रकाशकाकारण खेल रोकिएको हो ।

यसैगरी, प्रतियोगिताको फाइनल आगामी २० गते हुने आयोजकले जनाएका छन् ।

Exit mobile version