सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले घटेर तोलामा १ लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Exit mobile version