हमासले जारी गरेको बन्धकको सूचीमा विपिन परेनन्

नयाँलिपिः नयाँलिपिः इजरायलले हमासद्वारा रिहा हुने ३३ बन्धकको सूची सार्वजिनक गरेको छ ।

इजरायल र हमासबीचको गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौतापछि हमासले आइतबार तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।

टेलिग्राममा एक पोस्ट गर्दै हमासले तीन महिला बन्धकको नाम जारी गरेको हो ।

रिहा हुनेमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर छन् ।

२४ वर्षीया गोनेन सुपरनोभा फेस्टिवलबाट भाग्न खोज्दा हमलामा परेको थिइन् ।

२८ वर्षीया एमिली दमारी ब्रिटिश-इजरायली नागरिक हुन् । उनलाई किबुत्ज कफार अजा क्षेत्रमा बन्धक बनाइएको थियो ।

त्यस्तै, ३१ वर्षीया डोरोन स्टाइनब्रेचर पशुचिकित्सक नर्स हुन् । किबुत्ज कफार अजामा आफ्नो अपार्टमेन्टमा हुँदा हमासले आक्रमण गर्दा बन्धक बनाइएकी थिइन् ।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा गर्ने नाम नदिएसम्म गाजामा युद्धविराम लम्बिने बताएका थिए ।

युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घन्टा अगावै रिलिज हुनेहरुको नाम खुलाउनुपर्ने हुन्छ ।

तेल अभिभस्थित इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरेलका राष्ट्रपतिले पनि आफूसँगको कुराकानीका क्रममा विपिन जोशी मुक्त हुने सम्भावना रहेको बताएका थिए ।

कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन्।

उनी इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरेल गएका थिए। उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।

विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।

– एजेन्सीको सहयोगमा

 

Exit mobile version