५० हजार धरौटीमा रिहा भए निकोलस

नयाँलिपिः विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दैनिक हाजिरी जनाइरहेका डा. निकोलस भुसाल आज रिहा भएका छन् ।

कास्की जिल्ला अदालतले अदालतले आज ५० हजार रुपैयाँ धरौटीमा डा. निकोलसलाई रिहा गर्न आदेश दिएको हो ।

सूर्यदर्शन सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको अभियोग लागेपछि कास्की प्रहरीले उनलाई विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा मुद्दा दर्ता गराएको थियो

कास्की अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Scroll to Top