पोखरा महोत्सवमा ‘प्रकाश दुतराज’को गीतमा झुमे दर्शक

पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको गीत दर्शक लाई नचाएका छन ।

युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका हुन ।

चोली मैलो भो भन्ने बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका दुतराजले बैनी झ्यालैमा, घरकता हो बैनीको, जुन माया, लाहुर जाने रेलैमा, रिमै, रेशम लगायतका दर्जन बढी गीत प्रस्तुत गरे ।

प्रकाशको प्रस्तुतीमा युवा देखी बृद्ध हरुले भरपुर मनोरन्जन लिए । आइतबार दुतराज संगै चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन सिग्देल, तुलसा क्षेत्री, पार्वती गुरुङ पारु, लक्ष्मी बानियाँ, नवराज अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।

त्यसैगरी हाँस्यब्यङग्य तर्फ दीपक थापाको प्रस्तुती र जादुमा समेत दर्शकले भरपुर मनोरन्जन लिए । आइतबार सांझको लाइभ कन्सर्ट तर्फ चर्चित ¥यापर उर्गेनको प्रस्तुतीमा युवाहरु झुमे ।

महोत्सवको पाँचौ दिन सोमबार ज्योती मगर, शंकर बिरही गुरुङ, चोलेन्द्र पौडेल, माया गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, तुलसा जिसी, कमला गैरे लगायतको प्रस्तुती रहने छ भने सांझको लाइभ कन्सर्ट तर्फ दि फिरन्तेको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

 

Exit mobile version