पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा माधवप्रसाद सिग्देल निर्वाचित भएका छन् । सहकारीको २६ औं वार्षिक साधारण सभा नवौं निर्वाचनबाट सिग्देल सर्वसम्मत निर्वाचित भएका हुन ।
उपाध्यक्ष शान्त कुमार श्रेष्ठ,सचिव सुरेन्द्र प्रसाद सिग्देल, कोषाध्यक्ष जय प्रसाद सापकोटा र सहसचिव केदार राज सिग्देल चयन भएका छन ।
सदस्यहरु बजिरमान श्रेष्ठ, शारदा पराजुली, खड्क बहादुर गुरुङ र अम्बिका गुरुङ चयन भएका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिमा ज्ञानेन्द्र प्रसाद सिग्देल संयोजकमा चयन भएका छन् भने सदस्यमा इन्द्र प्रसाद भट्टराई र लक्ष्मी गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक तथा निर्वाचन अधिकृत दयाराम गौतमले जानकारी दिए ।
सहकारीका सचिव शान्त कुमार श्रेष्ठको सञ्चालनमा सुरु भएको साधारण सभाको उद्घाटन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले नियम र कानुनको पालना गरे कुनै पनि सहकारी कमजोर नहुने धारणा व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा सुरु भएको सभामा सहकारीका मानार्थ संरक्षक शरदकान्त सिग्देलले स्थानीय स्तरमा हुने सहकार्य र एकतामा जोड दिँदै २५ वर्ष लामो इतिहासलाई जोगाउन सक्नु पर्ने बताए ।
सभाका रजत स्मारिमा विमोचन समेत भएको थियो । उपाध्यक्ष माधवप्रसाद सिग्देलको स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट सेयर सदस्य तारामती गुरुङ र विमला गुरुङलाई सम्मान गरिएको थियो ।
वर्ष उत्कृष्ट तथा १५ वर्ष बढि निरन्तर सेवा गरेका कर्मचारीमा सुपरभाइजर रुपा गुरुङ र वरिष्ठ सहायक मनबहादुर गुरुङलाई खादा, माला, प्रमाणपत्र र मायाँको चिनोले पुरस्कृत गरिएको महाप्रबन्धक सुजता हमालले जानकारी दिइन् ।
सभामा तीर्थबहादुर बस्नेतले अध्यक्षको, शान्तकुमार श्रेष्ठले सचिवको, जय प्रसाद सापकोटाले कोषाध्यक्षको र ज्ञानेन्द्र प्रसाद सिग्देलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
कार्यक्रममा सहकारीको ७ सिद्धान्त शारदा पराजुलीले बाचन गरेकी थिइन् भने सेयर सदस्यका तर्फबाट किरण केसी र सत्यदेवी खनालले बोलेका थिए ।
पोखरा १३ मा रहेको सहकारीमा मंसिर मसान्त सम्ममा १८ करोड ९४ लाख १७ हजार ७ सय रुपैयाँ कुल सेयर पुजी रहेको छ भने तरलता ३१ प्रतिशत रहेको सहकारीका महाप्रबन्धक सुजता हमालले जानकारी दिइन् ।
सेयर सदस्य ३ हजार ७ सय ९८ जना रहेको सहकारीले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।