काठमाण्डौं लागे रवि, आइतबार अदालतमा उपस्थित हुने

नयाँलिपिः पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाण्डौंतर्फ लागेका छन् ।

बिहीबारै काठमाण्डौं गएर शुक्रबार अदालत हाजिर हुने योजना भएपनि अदालति प्रक्रिया, स्वास्थ्य जाँचलगायतका कामले अबेर भएपछि लामिछाने शुभचिन्तक र पत्नीसहित पोखरा बसेका थिए ।

लामिछाने आज अपरान्ह साढे १२ बजे सडकमार्ग हुँदै निजी गाडीमा काठमाण्डौं लागेका छन् ।

सहकारीसम्बन्धित मुद्दा काठमाण्डौंमा पनि रहेकाले उनी आइतबार जिल्ला अदालतमा उपस्थित हुने बताइएको छ ।

सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

 

Exit mobile version