सूर्यदर्शन ठगीः रविको पक्षमा २५ वकिलले बहस गर्ने

santan ads

नयाँलिपिः सुर्यदर्शन सहकारी गठी प्रकरणमा रबि लामिछाने पक्षधर कानून ब्यबसायीहरुले जिल्ला अदालत कास्कीमा आज पनि थुनछेक बहस गर्दैछन् ।

करिब २५ जनाले लामिछानेको पक्षमा बहस गर्न नाम टिपाएका छन् । सोमबारको इजलाशमा लामिछानेलाई अदालतले चाहेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाड्न उनीहरुले माग गरेका थिए । जिल्ला न्यायाधिश नितिज राईको इजलाशमा लामीछनेपक्षबाट वकालत गरेका पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशीलकुमार पन्त र सुरेन्द्र थापाले लामिछानेलाई हाजिरी जमानीमा छाड्नुपर्ने बताएका हुन ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा न्यायाधीश नीतिजको इजलासमा अहिले सम्म लामिछाने सहित सातै जनाको बयान सकेर दुई जनाको थुनछेक बहस भइसकेको छ । पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी र जीबी राई सँग मिलेर सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईको पक्षबाट बहस भइसकेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, उनका बाबु तथा पूर्व सञ्चालक सदस्य कृष्णबहादुर गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनालको थुनछेक बहस बाँकी छ ।

Scroll to Top