स्याङ्जाली दिदीबहिनी एकता समाजको साधारण सभा सम्पन्न

पोखरा । स्याङ्जा घर वा माइत भैँ पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दे आउनु भएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दे पोखरा महानगरपालिका १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको नेतृत्व विकासको लागि यस्तो समाजले महत्त्वपूर्ण भूमिका खेल्ने बताईन ।

उद्यमी बन्न चाहने ३० जना महिलाहरूलाई वडाले तालिम प्रदान गर्न गरेको बताउदै महिलाहरूलाई हरेक क्षेत्रमा नेतृत्व लिन आग्रह गरिन ।

पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डे,लोकदोहोरी कलाकार एवं समाजका सल्लाहकार सिता केसी लगायतले बोलेको थियो ।

कार्यक्रममा सचिव सपना गिरी ,कोषाध्यक्ष सन्तु पौडेलले प्रस्तुत गरेको सचिव र कोषाध्यक्षको प्रतिवेदन सभाले सर्वसम्मत पारि त गरेको थियो ।

समाजका अध्यक्ष संगिता पाण्डेले ७ जना बाट सुरु गरेको समाजमा अहिले १ सय ३५ सदस्यीय भएको बताईन ।

कार्यक्रममा आजीवन सदस्य हुनु भएका २१ जना लाई प्रमाण पत्र वितरण गरिएको थियो ।

Exit mobile version