एभिन्यूजको आर्थिक एजेण्डा बहस पोखरामा

santan ads

नयाँलिपिः एभिन्यूज खबर टेलिभिजनले देशको बर्तमान अर्थतन्त्रको अवस्था र सुधारबारे सातै प्रदेशमा शुरु गरेको बहस र अन्तरक्रिया कार्यक्रमको सातौं तथा अन्तिम दिनको कार्यक्रम आज गण्डकी प्रदेशको पोखरामा केहीबेर अघि शुरु भएको छ ।

पौष ५ गते सुदूर पश्चिम प्रदेशको धनगढी बाट शुरु भएको कार्यक्रम पौष ७ गते कर्णाली प्रदेशमा भएको थियो । कर्णाली प्रदेशको कार्यक्रम भने बिशेष कारणले बाँकेको नेपालगञ्जमा भएको थियो । त्यसैगरी पौष ९ गते लुम्बिनी प्रदेशको कार्यक्रम भैरहवामा भएको थियो । यस्तै, बागमती प्रदेशको कार्यक्रम पौष ११ गते चितवनमा, मधेश प्रदेशको कार्यक्रम पौष १३ गते बीरगंजमा र कोशी प्रदेशको कार्यक्रम पौष १५ गते बिराटनगरमा भएको थियो ।

“अर्थतन्त्र तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाएको हो । एभिन्यूजले नेपाली अर्थतन्त्रमा परेको दबाव, प्रभाव र त्यसको समाधान बारे सरकारी,सार्वजनिक र नीजि क्षेत्र बीच बृहत रुपमा अन्तरक्रिया गरेको हो ।

होटल पोखरा भिलेजमा शुरु भएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी र अर्थविद् तथा विश्लेषक अरुण सुवेदी वक्ताको रुपमा रहेका छन् ।

Scroll to Top