‘जय ट्रफी’को लागि बाग्मतीको टोली घोषणा,कप्तानमा सन्दीप

काठमाडौँ । पुस २१ देखि २९ गतेसम्म वीरगञ्ज र जनकपुरमा हुने ‘जय ट्रफी मेन्स एलाइट कप’ मा बागमती प्रदेशले टोलीको घोषण गरेको छ । बाग्मती प्रदेशले बिहिबार आफ्नो १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । बाग्मती टीमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चार टोलीको सहभागिता रहनेछ ।

क्यानले गतवर्षको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेको नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशलाई जय ट्रफी खेलाउन लागेको हो ।

बागमतीले घोषणा गरेको टोलीका खेलाडीहरुमा कप्तान सन्दीपसहित सूर्य तामाङ, आशुतोष घिरैया, रित गौतम, ईशान पाण्डे, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापामगर, विपिन आचार्य, शुभ कंसाकार, रोहन विके, सूर्यान्शु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ र तिलकराज भण्डारी हुनुहन्छ । लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ ।

Scroll to Top