रविको बयान पुरा, सबैको सकिएपछि मात्रै थुनछेक बहस हुने

नयाँलिपिः सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपि रवि लामिछानेको बहस सकिएपनि थुनछेक बहस कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन ।

यही प्रकरणमा बाँकी रहेका अन्य आरोपीको बयान सकेपछि रविको थुनछेक बहस सुरु हुनेछ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो । अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ ।

अब नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ । कृष्णबहादुर बिरामी परेकाले उनको बयान अदालतमा नहुनसक्ने प्रहरी जानकारी दिएको छ ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Scroll to Top