स्रोत खुलाउन नसक्दा ९२ लाखसहित तीन समातिए

नयाँलिपिः स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित तीनजना पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।

काठमाण्डौंको विभिन्न स्थानबाट रवि धमला, जीतबहादुर तामाङ र सन्तोष विक पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले आज सार्वजनिक गरेको छ । कार्यालयका अनुसार उनीहरुलाई गत ९ गते पक्राउ गरिएको हो ।

कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले तीनैजनालाई राष्ट्र बैंक ऐन, २०५८ अनुसार अनुसन्धान तथा कारवाही अघि बढाइएको छ ।

Exit mobile version