रविलालाई थुन्ने कि छाड्ने ? आज टुंगो लाग्ने

नयाँलिपिः सूर्यदर्शन सहकारी ठगीका आरोपित रवि लामिछाने २ महिना यता जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

निर्धारित समयभित्र कास्की अदालतमा पेश गरिएपनि सोमबार र मंगलबार उनको बयान पालो नआएपछि बिहीबार बल्ल उनलाई बयान लिइयो । तर बयान नसकिएपछि आज बयान निरन्तर हुनेछ ।

आज बयान सकिए उनलाई धरौटी वा तारेखमा छाड्ने वा थुनामा पठाउने भन्ने टुंगो लाग्नेछ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बिहीबार दिउँसो बाट शुुरु भएको बयान २ घण्टा सम्म चलेको थियो ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिए पछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्ने बारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने र जोशी सहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

Exit mobile version