वुमन्स च्यालेन्जर टी२० क्रीकेट : अकलाको लगातार दोस्रो जित

पोखरा । पोखरामा जारी वुमन्स च्यालेन्जर टी२० क्रीकेट प्रतियोगितामा टिम अकलाले लागतार दोस्रो जित निकाल्दा भद्रकालीले पहिलो जित हासिल गरेको छ ।

कास्की जिल्ला क्रीकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा जारी दोस्रो संस्करणको च्यालेन्जर कप टी२० क्रीकेटमा आ–आफ्नो खेलमा टिम अकला र टिम भद्रकालीले जित निकालेको हो ।

१०९ रनको विजयी लक्ष्य पछ्याएको अकलाले १६.४ ओभरमा २ विकेट गुमाउँदै विजयी हासिल ग¥यो ।

अकलाकी कप्तान सिर्जना पौडेलले सर्वाधिक ४७ रनको योगदान दिइन् । उनले ४७ बलमा ८ चौका प्रहार गरिन् ।

सुुस्मीता श्रेष्ठ१५ र विनिता सिग्देल२ रनमा अविजित रहिन् । कृष्टीना अर्याल शुन्यमा आउट भइन् ।

विन्ध्यवासिनीका लागि सोनिमा थापा र रोजी परियारले समान १–१ विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विन्ध्यवासिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १०८ रन बनायो ।

विन्ध्यवासिनीका लागि चन्द्रमाया बराल २१ रनमा अविजित रहिन् । उनले ३२ बलमा २ चौका प्रहार गरिन् । कुशुम राइ २ रनमा अविजित रहिन् । एलिना श्रेष्ठ १६, सोनिमा थापा६र करिमा जैसवाल १६रनमा आउट भइन । रोजि परियार, मेघा खड्गी शुन्यमै आउट भइन् । अकलाका लागि शुशिला डिमडोङले २ विकेट लिइन् ।

दोस्रो खेलमा भद्रकालीले ८ विकेटको जित हासिल गरेको छ । ५९ रनको विजयी लक्ष्य पाएको भद्रकालीले ८.४ ओभरमा २ विकेट गुमाउदैँ पुरा ग¥यो । भद्रकालीका लागि सम्झना विक २५ रनमा आउट भइन । रेखा तामाङ ५ रनमा आउट भइन् । रेजिना विक ४ र पुर्णिमा गुरुङ शुन्यमा आउट भइन् । बाराहीका लागि रिया तामाङले २ विकेट लिइन । टस जितेर ब्याटिङ थालेको बाराहीले १३.२ ओभरमा ५८ रन बनाउदा अलआउट हुन पुुग्यो ।

बाराहीका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । भद्रकालीका लागि पुर्णिमा गुरुङले ४ ओभरमा १२ रन खर्चदै सर्वाधिक ५ विकेट लिइन् । रेखा तामाङ, रेजिना विकले २÷२ तथा मुस्कान जैसवालले १ विकेट लिइन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र पीएम कप क्रीकेटका लागि जिल्ला छनोटको रुपमा रहेको प्रतियोगिताबा कास्की जिल्लाको टिम छनोट गरिनेछ ।

Exit mobile version