लेखनाथ । आज ( मंगलबार) लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न भएको स्वागत कार्यक्रममा कास्की जिल्ला प्रहरीप्रमुख उपरिक्षक श्याम बाबु ओलियालाई लेखनाथ महोत्सवका आयोजकले महोत्सवमा सुरक्षा व्यवस्था प्रभावकारी बनाईदिन आग्रह गरेका छन ।
कास्की जिल्लाकोे प्रमुखको रुपमा आएका ओलियालाई लेखनाथ उद्योग वाणिज्य संघले एक कार्यक्रम बिच आज स्वागत गरेको हो ।
उक्त स्वागत कार्यक्रममा बोल्दै ओलियाले व्यवसायीहरुलाई चन्दा आतंक बन्द गर्नपर्ने बताएका छन । पछिल्लो समय व्यवसायीहरु चन्दा आतंककै कारण पलाएन हुदै गएको प्रति दुःख व्यक्त गर्दे यस्तो हुदाँ राज्यलाईलाई नै घाटा पुग्ने हुनाले चन्दा आतंक बन्द गर्न स्वयम व्यवसायीहरुनै लाग्न पर्नेमा जोड दिए । उनले भने राज्यलाई नियमपुर्वक कर तिरिरहेका व्यवसायीहरुले विभिन्न बहानामा चन्दा दिन नहुने पनि बताए ।
एसपि ओलियाले सुरक्षा र आर्थिक विकास अन्र्तसम्बन्धीत रहेको र सुरक्षाव्यवस्थाचुस्त दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलापपनि फस्टाउने वताउँदै व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन जिल्लाप्रहरी कार्यालय कास्की सधैं तत्पर रहेको बताए ।
उनले चन्दा आतंक बाहेक पनि जिल्लामा चेक बाउन्सका मुद्धा, अनलाईन स्क्याम, सवारी दुर्घटना हुने क्रम वढ्दो रहेको र जिल्ला भित्रिने नाकाहरुमा डिजिटल चेक पोष्टको आवश्यकता रहेको वताउँदै यसमा व्यवसायीहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ क्षेत्रको विकासमा विगतदेखी संघले खेलेको भुमिकाको बारेमा जानकारी गराउँदै व्यवसायीहरुका विभिन्न समस्याहरुका विषयमा जानकारी गराउँदै सहजीकरणको लागी आग्रह समेत गरेका थिए ।