नाइजेरिया भएको भागदौडमा ३२ जनाको मृत्यु

नाइजेरिया प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृतकको सङ्ख्या ३२ पुगेको जनाएको छ ।  

दक्षिणी सहर ओकिजामा शनिबार चामल वितरण गर्ने केन्द्र बाहिर मानिसहरू लाममा उभिएपछि लाइनमा बसेका मानिसहरूको कुल्चाइमा २२ मृत्यु भएको थियो। यसअघि प्रहरीले घटनामा ‘धेरै’ मानिसको मृत्यु भएको चेतावनी दिएको थियो ।

साथै सोही दिन राजधानी अबुजामा ‘असहाय र वृद्धहरू’ लाई खाना वितरण गरिरहेको एक चर्च बाहिर भएको छुट्टै कुल्चाइमा पनि कम्तीमा १० जनाको मृत्यु भएको थियो । 

आर्थिक सङ्कटको सामना गरिरहेको बेला खाद्य वितरण केन्द्र बाहिर भागदौड भएको हो । एजेन्सी

Exit mobile version