होटल टास्क इन्टरनेश्नल ‘पोखरा महोत्सव’को हस्पिटालिटी पार्टनर

पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकमा रहेको होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी गर्ने भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा साथ दिने भएको हो ।

महोत्सव आयोजक युनाईटेड क्लब र होटल टास्क इन्टरनेश्नलका प्रतिनिधी बिच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै होटल टास्क इन्टरनेश्नलका सञ्चालक मीन गुरुङले होटल टास्क इन्टरनेश्नलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महोत्सवमा सहकार्य गर्न लागेको बताए ।

युनाईटेड क्लबले पोखरामा रहेर पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी बढाइरहदा होटल टास्क इन्टरनेश्नलले समेत आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने गरी महोत्सवमा सहकार्य गर्न लागेको बताए ।

होटल टास्कले तीनवटा आउटलेट लेकाली चुलो घर, लेकाली कफी घर, लेकाली सेकुवा एण्ड सुकुटी घर र लेकाली सिटी भ्यूरेष्टुरेन्ट एण्ड बारबाट आफ्नो सेवा प्रवाह गर्दै आइरहेको र त्यसमा हाल लेकाली सेकुवा एण्ड सुकुटी घरबाट अधिकतम खुद्रा मुल्य (एमआरपी) मुल्यमा बियर बिक्री गर्दै आइरहेको छ ।

बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी ब्यवसाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी बढिरहेको सञ्चालक गुरुङले बताए । लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्र्सबर्ग बियर (अधिकतम खुद्रा मुल्य) एमआरपीमा ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ ।

नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।

महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Exit mobile version