यु–१९ महिला क्रिकेट: नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

fishtail hospital

मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग खेलिरहेको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् ।

नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको छ ।

Scroll to Top