काठमाडौं । १९ वर्षमुनिको महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ।
एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका भारत र नेपाल आज आमनेसामने हुन लागेका हो ।
खेल मलेसियाको वायोमास ओभलमा विहान पौन १२ बजे सुरू हुनेछ।
सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको हो ।
सुपर फोरमा प्रवेश गरेसँगै अब नेपालले समूह ‘बी’ बाट सुपर फाेरमा पुग्ने दुई टीमसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’मा श्रीलंका, बंगलादेश र मलेसिया छन्।