पोखरामा थाई–बक्सिङ हुँदै,प्रतियोगिताको होस्ट रेमनदाश श्रेष्ठले गर्ने

पोखरा । कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ यहि पुस १० गते देखि पोखरामा सुरू हुने भएको छ । शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा हुने प्रतियोगिता १२ गते सम्म संचालन हुनेछ ।

विश्वमानै आकर्षक मानिने यो खेल व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवद्र्धन गर्दे पोखरालाई व्यवसायिक खेलकुदको मुख्य केन्द्र बनाउने लक्ष्य साथ आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिता पोखराको लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुने यस प्रतियोगितामा ५ प्रदेश (कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी) का महिला र पुरुष गरी ८४ जना फाइटरहरुको सहभागिता जनाउने प्रतियोगिता संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले बताए ।

उनका अनुसार प्रतियोगितामा जुनियर/सिनियर (एमेच्योर/प्रोफेशनल) तर्फ कुल ४२ फाइट तय गरिएको छ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको पुरुष प्रोफेशनलतर्फ मुख्य फाइटको बिजेताले नगद ५० हजार र उपविजेताले नगद २० हजार तथा महिलातर्फको बिजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै विभिन्न महिला र पुरुषतर्फ ८÷८ फाइटका बिजेताले नगद रु १५ हजार र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् भने पुरुषतर्फ कोमेन इभेन्टका बिजेताले नगद रु २५ र उपबिजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ ।

यसै गरी पोखरा भन्दा बाहिरबाट आउने खेलाडीहरुलाई विशेष आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने संगै आवसको सुविधा समेत दिइने आयोजकले जनाएको छ भने तीन जना इर्मजिङ खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ ।

खेलस्थल बाराही घाटमा तय भएको प्रतियोगिता स्थलमा खेल संगै विभिन्न फुड स्टलहरु, फन गेम्स, निशुल्क फेस पेन्टिङको सुविधा समेत रहने छ । नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाँथाई संघको स्विकृती एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन चर्चित होस्ट रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नेछन् । प्रतियोगिता बिहान ११ बजेबाट सुरू भई राती ९ बजे सम्म हुने गरी तय भएको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च हुने अनुमान गरेको छ । उक्त प्रतियोगितामा बचत भएको रकम यसै खेल विकासमा खर्चिने संयोजक क्षेत्रीले बताए ।

Exit mobile version