नयाँलिपिः जिल्ला प्रहरी कार्यालय, कास्कीले मंसिर महिनामा ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारवाही गरेको जनाएको छ ।
जिप्रका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार मंसिर महिनाभित्र ४१ पुरुष र १० महिलालाई पक्राउ गरिएको हो । उनीहरुलाई कास्की जिल्ला अदालतले विभिन्न मुद्दामा जेल सजाय सुनाएको थियो ।
अदालतबाट सजाय सुनाईएपनि फरार रहेकाले पक्राउ गरी उनीहरुलाई पुनः अदालतमा पेश गरिएको छ । फरार प्रतिवादीमध्ये ३३ जनालाई चेक अनादरमा मुद्दा चलाइएको थियो ।
त्यस्तै, उनीहरुलाई ८ वर्ष ९ महिना कैद सजाय र जरिवानाकोहकमा ६१ लाख २३ हजार ६ सय रुपैयाँ असुल उपर गर्न अदालत पेश गरिएको कास्की प्रहरीले जनाएको छ ।