नयाँलिपिः सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगन्ज बाट आज कास्की फर्काउने तयारी गरिएको छ।
सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेको पर्साका बयान सकिएकाले उनलाई पोखरा नै फर्कउन लागिएको हो । लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानको बयान सकेपछि प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभावी खर्च गरेको देखिएको र यसको रकम तिर्ने कार्यमा लामिछाने सरिक भएको भन्दै उनी ठगीमा संलग्न रहेको निष्कर्ष सहित प्रहरीले प्रतिवेदन बुझाउन लागेको बताइएको छ ।
प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिरहेको छ । ९० दिन भित्र अनुसन्धान प्रतिवेदन अदालतमा पठाउनुपर्नेमा भएकाले निर्धारित मिति मै प्रतिवेदन तयार हुने प्रहरीको भनाइ छ ।
सभापति लामिछाने ५४ दिन देखि कास्की प्रहरी हिरासतमा रहेका छन् । सोही मुद्दामा एक महिना अघि पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेकाले म्याद मिलान हुँदा यथाशिघ्र अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने बाध्यता प्रहरीलाई छ ।