रवि लामिछानेलाई काठमाण्डौंबाटै चितवन लगियो

fishtail hospital

नयाँलिपिः सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गाेर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चितवन लगिएको छ ।

साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भए पछि बयानको लागि काठमाडौं बाट लामिछानेलाई सिधै चितवन लागिएको हो ।

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं सोमबार बयान सकिएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो । उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृतिसमेत दिइसकेको छ ।

साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति चितवनले सोमबार जिल्ला भेला सम्पन्न गरी आजदेखि लामिछानेलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गर्ने तयारीसमेत गरेको छ ।

Scroll to Top