छवि र रामलाई पर्सा लगियो, अब रविलाई लैजाने

पोखराः सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो ।

उनलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्‍याइएको प्रहरी स्रोतले बतायो । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ ।

त्यसपछि पुनः पोखरा फर्काइने छ । रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ । यद्यपि समय भने निश्चित नभइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माले बताए ।

‘अहिले कुनै आदेश आइसकेको छैन, प्रनाउ शर्माले भने ‘हामीलाई यकिन जानकारी आएपछि पर्सा लैजानेछौ ।’

Scroll to Top