नयाँलिपिः नेपाल प्रहरीले काभ्रेको मंगलटार चेकपोस्टबाट ठूलो परिणामको लागुऔषधसहित सुरेश मिझारलाई पक्राउ गरेको छ ।
बर्दिवासबाट काठमाण्डौं आइरहेको ज १ च १९०८ नम्बरको एम्बुलेन्समा चेकजाँच गर्दा लागुऔषधसहित मिझारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रनाउ एवं सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिएका छन् ।
उक्त एम्बुलेन्सबाट १ हजार थान, नुफिन, १ हजार थान डाइजेपाम र सोही परिणाममा फेनेरागन बरामद गरिएको छ ।
धनुषा हरिपुर स्थायी ठेगाना भएका ४४ वर्षीय मिझारलाई काभ्रे जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।