काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अवैध रूपमा अनलाइन सट्टेबाजी गराएको आरोपमा थप तीन जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यसअघि पनि सोही रंगशालाबाट अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका थिए। पक्राउ परेका भारतीय नागरिकहरूमा २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेश कुमार रहेका थिए।
सीआईबीका अनुसार, उनीहरू स्पोर्ट्स बाजी र प्रोभोजस्ता अनलाइन सट्टेबाजी प्लेटफर्ममा सक्रिय थिए।
अनलाइन सट्टेबाजीमा संलग्न अन्य व्यक्तिहरूमाथि निगरानी गर्न सीआईबी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली सक्रिय छ।