नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा: ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आज विशेषज्ञ चिकित्सकका लागि सञ्चालन गरेको विशेष परीक्षाको नतिजा सार्वजनिक गरेको छ। काउन्सिलका अनुसार यसपटकको विशेष परीक्षामा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार, परीक्षाका लागि २५० जनाले आवेदन दिए पनि २४८ जना मात्र सहभागी भए। तीमध्ये १७५ जना सफल भएका छन्, जबकि एक जनाको नतिजा “वीथहेल्ड” मा राखिएको छ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सम्पन्न भएको परीक्षामा चिकित्सा शिक्षाका २८ विभिन्न विषयमा स्नातकोत्तर गरेका चिकित्सकहरू सहभागी थिए।

Exit mobile version