काठमाण्डौंः नेकपा माओवादी केन्द्रले कसै सँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज (बिहीबार) भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको ठहर गरेको हो । कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको माओवादीको भनाइ छ ।
बैठकपछि माओवादीका उपाध्यक्ष अग्नि सापकोटाले उपनिर्वाचनले आगामी जितका लागि उपचुनावले थप आधार दिएको बताए । उपचुनाव बाट माओवादी पार्टी दोस्रो स्थानमा आउनु पार्टीले उठाएका एजेण्डा अनुमोदित हुनु भएको माओवादीले जनाएको छ ।
२०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएकाले पनि राम्रो नजिता आएको बैठकले ठहर गरेको छ । माओवादी केन्द्रले पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने निर्णय गरेको छ ।
उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि तयारी थाल्ने पनि निर्णय पदाधिकारी बैठकको छ ।