पोखराः गत बिहीबार राति काठमाण्डौं पु¥याइएको रास्वपा सभापतिको सहकारी ठगीसम्बन्धी बयान सकिएको छ । शुक्रबारदेखि सुरु भएको बयान ३ दिनमा सकिएको छ ।
बयान सकिएपनि आज लामिछानेलाई काठमाण्डौं नै राखिने र भोलीमात्र पोखरा ल्याइने जानकारी प्राप्त भएको छ ।
उनको बयानको पुनः अध्ययन गर्ने बताउँदै सरकारी वकिलको कार्यालयले बयान कागजमा सहीछाप गराई प्रहरी परिसर पठाएको छ ।
लामिछानेलाई पोखरापछि बयानकालागि चितवन पठाइने छ । उनलाई स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानार्थ काठमाण्डौं लगिएको थियो ।