जाजरकोटः नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका देवका लामिछाने विजय हुनु भएको छ । उहाँले ४ हजार २७२ मत ल्याएर उपप्रमुख पदमा विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका ईन्द्रचन्द सिंहले ३ हजार १४७ मत ल्याउनु भएको छ । मुख्य निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी नेकपा एमाले सुनिता बोहराले २ हजार ५५२ मत ल्याउनु भएको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच गठबन्धन भएको थियो । नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका सरिता सिंह निर्वाचित हुनु भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय देवाका लामिछाने घोषण भएपछि नेता कार्यकर्ता विजय उत्सव मनाई रहेको छन् ।
गत वर्ष कात्तिक १७ गतेको भूकम्पमा मृत्यु भएपछि रिक्त रहेको उपप्रमुख पदमा निर्वाचन भएको हो ।