Skip to content

रविसँग काठमाण्डौंमा साढे ६ घण्टा लगातार बयान लिइयो

काठमाडौंः सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसँग साढे ६ घण्टा लामो बयान लिएर आजको बयान सकिएको छ ।

जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो साढे तीनबजे सकिएको हो । रविसँग आइतबार थप बयान लिएर सोमबार पोखरा फर्काइने सम्भावना रहेको छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार काठमाडौं ल्याइएको थियो ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *