५५ करोडको अनलाइन जुवा खेलाउने सुनिलको ७५ वटा बैंक खाता !

काठमाडौं: बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन खेलअन्तर्गत जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैर कानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राई पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ गाँउपालिका वडा नं। ७ का ३७ वर्षका सुनील राई हुन् ।

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ४ अफलटोल बस्दै आएका राईकाे ७५ वटा बैंक खाता भेटिएकाे छ । १२८ इसेवा वालेटबाट ५५ करोड २० लाख ८४ हजार ७१ रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।

राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ नागरिकता, १५ राहदानी, २२ चेकबुक र ४२ थान एटिएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।

Scroll to Top