पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चेकजाँचकाक्रममा संरक्षित वन्यजन्तु घोरलको सिंङसहित मंगलबार युक्रेनी नागरिक पक्राउ परेका छन् ।
चेकजाँचमा एक्सरे मेसिनले शंकास्पद वस्तु रहेको संकेत गरेपछि २१ वर्षीय पिलिप जिल्की भिस्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउपश्चात् निजलाई प्रहरीले अनुसन्धानार्थ नयाँगाउँस्थितअन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालयमा पठाएको छ ।