Skip to content
Home » भारतका सेनाध्यक्ष पाेखरा ब्यारेक हुँदै मुक्तिनाथमा

भारतका सेनाध्यक्ष पाेखरा ब्यारेक हुँदै मुक्तिनाथमा

  • by Naya Lipi

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । शनिबार द्विवेदीले मुक्तिनाथ मन्दिरको भ्रमण गरेका हुन् ।

सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

मुक्तिनाथ जानुपूर्व सेनाध्यक्ष द्विवेदीले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेका छन् । हेडक्वार्टरमा उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत गरेका थिए ।

साेही अवसरमा पोखरामा उनले पेन्सन भुक्तानी कार्यालयको परिसरमा भेला भएका भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गरेका थिए ।

भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सम्मान गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version